काठमाडौं । कोरोना महामारी उत्कर्षमा रहेका बेला लगानीका क्षेत्र खुम्चिरहँदा ऋणीप्रति उदार व्यवहार देखाएका बैंकहरू अहिले व्यवसायीलाई कस्ने नियतमा लागेका छन् ।
कोरोना महामारी मत्थर भएसँगै उद्यम व्यापारले गति लिन थालेको छ । यो बेला बैंकहरूले तरलता अभावलाई कारण देखाएर लिमिटमा भएको रकमसमेत दिन नमानेको गुनासो औसत व्यवसायीको छ ।
बैंकहरूले ऋणीलाई प्रिमियम दर बढाउन दबाब दिन थालेको वीरगञ्ज उद्योग वाणिज्य संघले बताएको छ । संघले यसबारेमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेरै ध्यानाकर्षण गराए पनि ती निकायले सुनुवाइ नगरेको संघको बैंक तथा वित्तीय समितिका संयोजक आशिष लाठ बताउँछन् ।
अहिले बैंकहरूले प्रिमियममा ३ देखि ४ प्रतिशत बिन्दुसम्म बढाउन दबाब दिइरहेको संघका अध्यक्ष सुबोधकुमार गुप्ता बताउँछन् ।आर्थिक अभियान दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०२ मंसिर २०७८, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी ९ बैंकले घटाए ब्याजदर, कुनको कति ?
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ २०८३ सालमा बैंक खुल्ने समय र विदाको सूची
बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ
चितवनमा बैंक खाता खोल्न ३९ ले सिफारिस लिए, २१ जनाले खोले
माघ महिनाका लागि पनि घट्यो बैंकहरूको ब्याजदर, कुनमा कति ?