योगी पिताम्वरको नेतृत्वमा पञ्चगब्य (गौमूत्र) अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना हुँदैै, रक्षामन्त्री डाक्टर मिनेन्द्र रिजालले शिलान्यास गर्ने

प्रकाश सिग्देल

बुधबार, ०१ मंसिर २०७८, १६ : ५५
योगी पिताम्वरको नेतृत्वमा पञ्चगब्य (गौमूत्र) अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना हुँदैै, रक्षामन्त्री डाक्टर मिनेन्द्र रिजालले शिलान्यास गर्ने

चितवन । योगी नरहरिनाथ आश्रम ,कर्म दर्शनका प्रर्वद्वक योगी पिताम्वरको नेतृत्वमा पंचकव्य अनुसन्धान केन्द्र सगै गौ संरक्षण अभियानको घोषणा भएको छ ।बर्दियाको ठाकुरबाबा नगरपालिकामा गौ संरक्षण अभियानअन्तर्गत पञ्चगब्य (गौमूत्र) अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गरिने भएको हो । विश्व हिन्दू युवा संघका धार्मिक सद्भावना दूत योगी पिताम्वरको नेतृत्वमा पञ्चगब्य अनुसन्धान केन्द्र सञ्चालन गर्न लागिएको हो । ठाकुरद्वारास्थित ठाकुरबाबा मन्दिरमा मंसिर ४ गते रक्षामन्त्री डाक्टर मिनेन्द्र रिजालले केन्द्रको शिलान्यास गर्ने कार्यक्रम रहेको विश्व हिन्दू युवा संघका अध्यक्ष ऋषिकेश जंग शाहले बताए । नेपालका गब्यसिद्ध डाक्टर नरेन्द्र हमाल, प्रेम आर्य र बाबा योगिराजको सैद्धान्तिक नेतृत्वमा पञ्चगब्य अनुसन्धान केन्द्र संन्चालन हुनेछ । 

केन्द्रले गौ संरक्षणमा ठूलो योगदान पु¥याउँदै स्थानीयको आयआर्जनमा टेवा पु¥याउने लक्ष्य लिएको अध्यक्ष शाहको भनाइ छ । ठाकुरबाबामा आयोजित धार्मिक सभामा आउने पाहुनाहरुलाई स्थानीयले आफ्ना घरमा खाना तथा बासको लागि सहयोग गर्न आयोजक संस्थाले अनुरोध गरेको छ ।

गौ संरक्षण अभियानसँगै दलित समुदायप्रतिको विभेद् अन्त्य गर्न ठाकुरबाबा मन्दिरमा धार्मिक अनुष्ठान गरिने योगी पिताम्वरले जानकारी दिए ।नेपालको गौ विज्ञानले विश्व कै स्वास्थ्य बिज्ञानको दिशा परिवर्तन गर्नेछ र विश्वमा हाम्रो स्वास्थ्य विज्ञान, गोरक्षनाथ पञ्चगब्य विज्ञानलाई स्थापित गर्ने उनको भनाई छ ।ठाकुरबाबा जस्तो दिव्य आध्यात्मिक क्षेत्रमा  माननीय रक्षामन्त्री डा मीनेन्द्र रिजाल ज्यू को बाहुली बाट पञ्चगब्य अध्ययन तथा अनुसन्धान केन्द्रको शिल्यान्यास हुने उनले बताए ।

यो पञ्चगव्य अध्ययन तथा अनुसन्धान केन्द्रको नेतृत्व विश्व हिन्दू युवा संघका धार्मिक सदभावना दूत योगी पिताम्बरले गरेका छन ।यो ऐतिहासिक कर्ममा सहभागी हुने इतिहास निर्माण गर्नका लागि देशभरका हिन्दू अभियन्ता तथा देशभक्त सम्पूर्ण युवालाई अपिल गरेको छ ।

मध्य तथा सुदूरपश्चिम क्षेत्रका युवाहरुबिच मित्रता गराउने अवसरका रुपमा यसलाई लैजान खोजिएकाले सम्पूर्ण राजनीतिक दलहरूसँग आबद्ध तथा स्वतन्त्र युवा वृद्ध दिदीबहिनी आमाहरु सबैलाई सहभागी हुन आयोजकले आग्रह गरेका छन् ।

राष्ट्र गुरु योगी नरहरी नाथका उत्तराधिकारी राष्ट्र देव गोरक्ष नाथको मठ  मृगस्थलीका  प्रमुख महन्त योगी शिर्षनाथ महाराज , ब्याघ्र  वेदनाथ महाराज , विश्व हिन्दू महासंघका अध्यक्ष डा.रामचन्द्र अधिकारी ,विश्व हिन्दू महासंघ  अन्तराष्ट्रिय समिति लगाएत देशभरका सन्त महन्त गुरु बुद्धिजीवी विद्यार्थीहरू सबैको कार्यक्रममा सहभागिता रहने बताईएको छ । 

प्रतिक्रिया दिनुहोस