स्वास्थ्य र शिक्षा क्षेत्रबाट नोबेलले तिर्योे मूलुककै सबैभन्दा बढी कर, राजश्व बिभागले गर्योे सम्मान

सफल खबर संवाददाता

बुधबार, ०१ मंसिर २०७८, ११ : २७
स्वास्थ्य र शिक्षा क्षेत्रबाट नोबेलले तिर्योे मूलुककै सबैभन्दा बढी कर, राजश्व बिभागले गर्योे सम्मान

काठमाडौं । स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्येबाट मूलुककै सबैभन्दा बढी आयकर तिरेर विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल यो बर्ष पनि सम्मानित भएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा स्वास्थ्य र शिक्षा क्षेत्रको उत्कृष्ट करदाता बनेर नोबेल सम्मानित भएको हो ।

 १० औं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार बिहान काठमाडौंमा आयोजित समारोहकाबीच आन्तरिक राजश्व विभागले नोबेललाई सम्मान गरेको छ । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा र अर्थसचिब मधुकुमार मरासिनीले नोबेलका प्रमुख कार्यकारी अधिकृत डा.भोगेन्द्र प्रसाद उपाध्यायलाई माला र खादा लगाएर सम्मानपत्र प्रदान गरी सम्मानित गरे । कार्यक्रममा अन्य क्षेत्रका उत्कृष्ट करदाताहरुलाई पनि सम्मानित गरियो ।

योसँगै नोबेल दुई पटक मूलुकको उत्कृष्ट करदाता बनेको छ । यसअघि आर्थिक बर्ष २०७३÷०७४ मा पनि स्वास्थ्य तथा शिक्षा क्षेत्रबाट मूलुककै सबैभन्दा बढी आयकर तिरेर नोबेल सातौ कर दिवसमा पुरस्कृत भएको थियो । दोस्रो पटक पनि मूलुकको उत्कृष्ट करदाता बनेपछि प्रतिक्रिया दिदैं नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले यो पटक पनि राज्यलाई बढी कर तिर्न सफल भएकोमा खुशी व्यक्त गरे ।

२०६१ सालमा विराटनगरको कञ्चनवारीमा स्थापना भएको नोबेल मेडिकल कलेज गुणस्तरीय उपचार र स्तरीय चिकित्सा शिक्षाका क्षेत्रमा अब्बल मानिन्छ । पटक–पटक मूलुकको उत्कृष्ट करदाता बनेर नोबेलले राज्यलाई बढी योगदान गर्ने महत्वपूर्ण संस्थाको पहिचान पनि थपेको छ ।

प्रतिक्रिया दिनुहोस