काठमाडौं । भूमिगत संघर्षबाट शान्तिपूर्ण राजनीतिमा आएर डेढ दशक बिताइसकेको माओवादी केन्द्रले अब पार्टीभित्र आन्तरिक निर्वाचनलाई पनि आत्मसाथ गर्ने भएको छ । आगामी पुस ११-१३ मा राष्ट्रिय सम्मेलन गर्न लागेको माओवादीले सहमतिमै नेतृत्व चयनमा जोड दिएको भए पनि निर्वाचनको विकल्प पनि खुला राखेको छ ।
माओवादीले अहिलेसम्म आफ्नो जीवनकालमा निर्वाचनबाट नेतृत्व चयन गरेको छैन । टुटफुट र संसदीय राजनीतिको तितोमीठो अनुभव संगाल्दै यहाँसम्म आइपुगेको माओवादीले अब सहमति हुन नसकेको ठाउँमा निर्वाचनबाट नेतृत्व चयन गर्ने भएको हो ।
यसअघि पनि माओवादीमा सम्मेलनहरू हुने गरेका भए पनि नेतृत्व भने पार्टी नेतृत्वको तजबिजमै छनोट हुने गरेका थिए । नेकपामा करिब तीन वर्ष एमालेसँग संगत गरेको माओवादीले एमालेको सिको गर्दै आफ्नो सांगठानिक अवस्था मजबुत गर्न सेल, वडा, पालिका, प्रदेश र केन्द्रसम्म सम्मेलन गर्न लागेको हो।
सर्वसम्मत नभइ निर्वाचन हुने भएको खण्डमा माओवादीले उम्मेदवारी शुल्कसमेत निर्धारण गरेको छ । माओवादीको निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार वडा पदाधिकारीको उम्मेदवार बन्नेले १ सय रूपैयाँ शुल्क निर्वाचन समितिलाई तिनुपर्ने छ । वडा सदस्यको उम्मेदवारीका लागि ५० रूपैयाँ तोकिएको छ । पालिका पदाधिकारीमा उम्मेदवारी दिनेले ५ सय र सदस्यकोको लागि ३ सय निर्धारण गरिएको छ । त्यस्तै प्रदेश पदाधिकारीले १ हजार र सदस्यले ५ सय रूपैयाँ तिनुपर्ने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० कार्तिक २०७८, १७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने
सरकार अधिनायकवादतर्फ गयो: माओवादी केन्द्र
माओवादी केन्द्रले अब पार्टी कमिटीलाई श्रम तथा उत्पादन अभियानसँग जोड्ने