सार्क कार्यक्रम समितिको बैठक सोमबारदेखि काडमाडौँमा

बुधबार, २० मंसिर २०७४, १५ : ३२
सार्क कार्यक्रम समितिको बैठक सोमबारदेखि काडमाडौँमा

काठमाडौँ, २० मंसिर । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क को ५४ औँ बैठक यही मंसिर २५ देखि २७ गतेसम्म यहाँस्थित सार्क सचिवालयमा हुने भएको छ ।

बैठकले सार्क सचिवालय, सार्कका पाँच क्षेत्रीय केन्द्र र चार विशिष्टीकृत निकायको बजेटमा छलफल गर्ने परराष्ट्र मन्त्रालयका सहसचिव एवं क्षेत्रीय संगठन महाशाखा प्रमुृख मणिप्रसाद भट्टराईले बताउनुभयो ।

सहसचिव भट्टराईको नेतृत्वमा हुने उक्त बैठकमा भाग लिन सार्कका सबै मुलुकका परराष्ट्र/बाह्य मामिला मन्त्रालयमा सार्क महाशाखा हेर्ने सहसचिव आइतबार राजधानी आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।(रासस)

 

प्रतिक्रिया दिनुहोस