एमाले प्रतिनिधि छनौट अवैध भएको भन्दै ध्यानाकर्षण

सफल खबर संवाददाता

आइतबार, २८ कार्तिक २०७८, १७ : ५९
एमाले प्रतिनिधि छनौट अवैध भएको भन्दै ध्यानाकर्षण

नवलपुर। नेकपा (एमाले) नवलपुरको प्रतिनिधि छनौट प्रकृया अवैध भएको भन्दै निर्वाचन समिति र पार्टीलाई ध्यानाकर्षण गरिएको छ । २० प्रतिनिधि छनौटका लागि आवेदन माग गरिएकोमा विधानको प्रतिनिधि छनौट मापदण्ड विपरित प्रतिनिधि छनौट भएपछि आकांक्षीहरुले अबैध भएको भन्दै नेतृत्वलाई ध्यानाकर्षण गराएका हुन् ।

महाधिवेशन प्रतिनिधिका उम्मेदवार विद्रोही गिरीले मनोनय दर्ता गरि सकेपछि उम्मेदवारीमाथि दावी बिरोधको समेत समय नदिई मनपरी तरिकाले प्रतिनिधि चयन गरेकाले निर्वाचन समितिलाई ध्यानाकर्षण पत्र बुझाएको बताए ।

बिद्यानमा महाधिबेशन प्रतिनिधि चयन हुनका लागि खुल्ला तर्फ कम्तीमा १० बर्ष सदस्यता प्राप्त गरेको र महिला लगाएत समावेशीताका लागि सात बर्ष समय हुनुपर्ने उल्लेख छ । त्यसको आधारमा नभएर नेतृत्वले मनपरि प्रतिनिधि घोषण गरी एमालेको लोकप्रियतालाई कमजोर बनाउन खोजेको आरोप आकांक्षीहरुले लगाएका हुन् ।
 

प्रतिक्रिया दिनुहोस