काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी वित्तीय साक्षरता अभियान शुभारम्भ गरेको छ । बैंकले शनिबार बनेपाको पुल बजारमा करिब २५० जना सहभागीहरुको उपस्थितिमा एक कार्यक्रम सम्पन्न गरी यस अभियानको शुभारम्भ गरेको हो ।
स्थानीय तहसम्मै डिजिटल वित्तीय चेतना तथा पहुँच पुर्याउने उद्देश्यका साथ यस अभियानका लागि बैंकले ७६ जिल्लामा रहेका आफ्ना २८६ शाखा कार्यालय, केन्द्रीय र प्रादेशिक कार्यालयलाई समेत परिचालन गरी ग्राहक तथा स्थानीयवासी लाभान्वित बनाउने जनाएको छ ।
आजको समयमा डिजिटल बैंकिङ्ग अपरिहार्य रहेको तथा मूलधारका वित्तीय माध्यमहरुलाई डिजिटल माध्यमले विस्थापित गर्दै जाने हुनाले डिजिटल बैंकिङ्गको प्रयोग र यसका फाइदाहरुको बारेमा सर्वसाधारणसमक्ष जानकारी पुर्याउनु जरुरी रहेको बैंकले जनाएको छ । समाजपयोगी कार्यक्रमको आयोजना गरेकोमा स्थानीयले बैंकलाई धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा बैंकको तर्फबाट बजार तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी, संचालन प्रमुख अनामिका सिंह, बाग्मती प्रदेश प्रमुख धोज साउद, बाग्मती प्रदेश उप–प्रमुख प्रवेश पाण्डे, डिजिटल बैंकिङ्ग प्रबन्धक मनिन्द्रराज जोशी, ट्रान्ज्याक्सन बैंकिङ्ग प्रमुख प्रकाश पौडेल, कार्ड संचालन प्रबन्धक रुपेश शर्मा, बनेपा शाखाका प्रबन्धक एकराज बर्तौला, पनौती शाखाका प्रबन्धक राजगोपाल श्रेष्ठ तथा बैंकका अन्य पदाधिकारीहरु एवम् बनेपाका स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ कार्तिक २०७८, १३ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवमा सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा
ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने
ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिंङ प्रयोगकर्तालाई आइफोन १७ जित्ने मौका
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित
ग्लोबल आइएमई बैंकले गर्यो ८ प्रतिशत नगद लाभांश घोषणा
ग्लोबल आइएमई बैंकले जित्यो अवार्ड