सि र बाइडेनबीच भिडियो कन्फ्रेन्सिङबाट वार्ता हुने

एजेन्सी

शनिबार, २७ कार्तिक २०७८, ११ : १९
सि र बाइडेनबीच भिडियो कन्फ्रेन्सिङबाट वार्ता हुने

सिन्ह्वा । चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भिडियो कन्फ्रेन्सिङका माध्यमबाट वार्ता हुने भएको छ । उनीहरुबीच बेइजिङको स्थानीय समयानुसार आगामी नोभेम्बर १६ को बिहान सो वार्ता हुने भएको छ । 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनियाङले सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार दुई देशका राष्ट्रतिबीच नोभेम्बर बिहान भिडियो वार्ता हुनेछ ।उनीहरुले चीन अमेरिका सम्बन्धका साथै अरु साझा चासोका विषयमा पनि कुराकानी गरेको भएको प्रवक्ता हुवा चुनियाङले जानकारी दिएका छन् ।   
 

प्रतिक्रिया दिनुहोस