काठमाडौँ । अब नेकपा माओवादी केन्द्रमा एक व्यक्ति एक पदको अवधारणा लागू हुने भएको छ । माओवादी केन्द्रका सबै कमिटीमा एक व्यक्ति एक पदको अवधारणा लागू गर्ने निर्णय भएको माओवादी केन्द्रले जनाएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा शुक्रबार भर्चुअल माध्यमबाट बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको विधानमा सामान्य संशोधन गर्ने निर्णय गरेको हो । माओवादी केन्द्रको प्रदेश र पालिका कमिटीमा सात÷सात पदाधिकारी रहने छन् । यस्तै, वडा कमिटीमा पाँच पदाधिकारी र टोल कमिटीमा अध्यक्ष र सचिव गरी दुई पदाधिकारी रहनेछन् । यस्तै सेल कमिटीमा सचिवमात्र राखिने भएको छ ।
माओवादी केन्द्रले पछिल्लो समय संगठन विस्तार र सुदृढीकरणलाई प्राथमिकता दिँदै आएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही दिन यता पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन काठमाडौं उपत्यकामात्र नभई उपत्यका बाहिरका जिल्लामा समेत सहभागी भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ कार्तिक २०७८, १९ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै