काठमाडौं । शान्तिपूर्ण प्रर्दशनमा प्रहरी हस्तक्षेप गराएर आन्दोलन कमजोर पार्न खोजेको भन्दै नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिचौलियाको नाइके घोषणा गरेको छ ।
बारले हस्तक्षेपको विरोधमा भोलि शुक्रबार प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत छिर्न नदिने घोषणा पनि गरेको छ । धर्ना विथोलिएपछि नेपाल बार परिसरमा बोल्दै सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले भोलि सर्वोच्च अदालतमा प्रधानन्यायाधीशलाई छिर्न नदिने आन्दोलनको कार्यक्रमको घोषणा गरे ।
प्रधानन्यायाधीशलाई अदालतमा प्रवेश निषेध गर्ने गरी आन्दोलनको स्वरुप परिवर्तन गरेको जानकारी दिएलगत्तै उनले नारा लगाए– बिचौलियाको नाइके । उपस्थित कानुन व्यवसायीले भने– राजीनामा दे । भ्रष्टाचारको नाइके– राजनिामा दे !
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ कार्तिक २०७८, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन
प्रस्तावित प्रधानन्यायाधीशलाई रास्वपाको प्रश्न–"अदालतबाट बिचौलिया कहिले अन्त्य हुन्छन् ?"
प्रस्तावित प्रधानन्यायाधीशमाथिको संसदीय सुनुवाइ आजदेखि
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध संसदीय सुनुवाइ समितिद्वारा उजुरी आह्वान
को हुन् प्रधानन्यायाधीश सिफारिस भएका शर्मा ?
प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ गर्न आज संवैधानिक परिषद्को बैठक बस्दै