भारतमा आज नौ महिनापछिकै सवैभन्दा कम संक्रमित

एजेन्सी

मंगलबार, २३ कार्तिक २०७८, १३ : ३९
भारतमा आज नौ महिनापछिकै सवैभन्दा कम संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या नौ महिना पछिकै सब भन्दा कम देखिएको छ । सरकारी अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १० हजार १२६ जना मात्रै नयाँ सङ्क्रमित थपिएका हुन् । 

यो सङ्ख्या भारतमा महामारी फैलिएको पछिल्लो २६६ दिनपछिकै सवैभन्दा कम भएको पनि सरकारी अधिकारीहरुले जनाएका छन् ।भारतमा अहिलेसम्म कूल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड ४३ लाख ७७ हजार ११३ पुगेको अधिकारीहरुले जनाएका छन् ।  कूल सङ्क्रमित मध्ये एक लाख ४० हजार ६३८ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या पनि दिनप्रतिदिन घट्दै गएको छ ।

दैनिक नयाँ सङ्क्रमितहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या घट्दै गएको हो । पछिल्लो २४ घण्टामा ११ हजार ९८२ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या तीन करोड ३७ लाख ७५ हजार ८६ पुगेको छ । त्यसैगरी भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर चार लाख ६१ हजार ३८९ जनाको मृत्यु भएको छ । ती मध्ये ३३२ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो । (एएनआई)
 

प्रतिक्रिया दिनुहोस