कस्तो रहला आजको मौसम ?

सफल खबर संवाददाता

मंगलबार, २३ कार्तिक २०७८, १० : ५५
कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको असर नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मंगलबार बिहान देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

यस्तै दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान रहेको छ ।  यस्तै राति पनि पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।
 

प्रतिक्रिया दिनुहोस