मतदान गर्न मतदाता परिचयपत्र नै चाहिन्छ भन्ने छैन : निर्वाचन आयोग

बुधबार, २० मंसिर २०७४, १३ : ३५
मतदान गर्न मतदाता परिचयपत्र नै चाहिन्छ भन्ने छैन : निर्वाचन आयोग

चितवन, २० मंसिर । बिहीबार हुने दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मतदाता परिचयपत्र नभएकाले पनि मतदान गर्न पाउने भएका छन् । तर, मतदाता नामावलीमा नाम भने हुनु पर्नेछ ।

निर्वाचनमा सम्पूर्ण मतदाताको मताधिकारको सुनिश्चितता गर्न मतदाता परिचयपत्रको अतिरिक्त अरु वैकल्पिक व्यवस्था गरेको छ ।
आज आयोगले एक विज्ञप्ति निकाल्दै भनेको छ, ‘मतदाता नामावलीमा नाम भएका मतदाताले मतदान गर्न जाँदा मतदाता परिचयपत्र नभएमा नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएका अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउनेछन् ।’

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र भएका मतदाताले सोही मतदाता परिचयपत्रका आधारमा मतदान गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस