मकवानपुर । रसुवाबाट मकवानपुर घुम्न आएका एक किशोरको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
मकवानपुरको इन्द्रसराेवर गाउँपालिका -१ मार्खु कुलेखानिस्थित मोहिनी झरनामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृत्यु हुनेमा रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नम्बर-१ का १७ बर्षीय तेन्जिङ दोन्डुप रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
मृतक तेन्जिङ ४ जना साथीहरूसँग मकवानपुर घुम्न आएका थिए । सोही क्रममा शनिबार दिउँसो झरनामा पौडि खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको प्रहरी नायव उपरीक्षक रिमालले बताए । मृतक तेन्जिङको शव पोस्टमार्टमका लागि काठमाडौं लैजाने तयारी भइरहेको उनले बताए ।
घटनास्थलमा ईलाका प्रहरी कार्यालय पालुङको प्रहरी निरीक्षकको टोली पुगिसकेको घटनास्थल र शवको मुचुल्का उठाउने कार्य जारी रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २० कार्तिक २०७८, २१ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु
बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते
छतबाट पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते