काठमाडौँ । यस वर्षको तिहारको अवसरमा राष्ट्र बैंकले विभिन्न दरका गरी ३ हजार १ सय थान सुनका सिक्का (असर्फी) बिक्री गरेको छ । १० ग्रामका असर्फी ५ सय थान, ५ ग्रामका १ हजार थान र २।५ ग्रामका १ हजार ६ सय थान गरी ३१ हजार थान असर्फी बिक्री भएको राष्ट्र बैंक टक्सार विभाग प्रमुख विनोद आचार्यले जानकारी दिए ।
तिहारका लागि राष्ट्र बैंकले गत सोमबार र मंगलबार सुन तथा चाँदीका सिक्काको बिक्री खुला गरेको थियो । दुई दिनमा उल्लिखित संख्यामा सिक्का बिक्री गरेको राष्ट्र बैंकले जनाएको छ । यस वर्षका लागि प्रतिव्यक्ति साढे २ ग्राम, ५ ग्राम र १० ग्राममा एकरएक थानका दरले राष्ट्र बैंकले असर्फी बिक्री गरेको थियो ।
राष्ट्र बैंकले आर्थिक वर्ष २०७६र७७ मा ३ हजार थान १० ग्रामका, ८ हजार थान ५ ग्रामका र ९ हजार थान साढे २ ग्रामका गरी कुल २० हजार थान असर्फी छपाएको थियो । त्यसयता टक्सार कार्यालय सुन्धाराबाट बबरमहल स्थानान्तरण भएको र निषेधाज्ञाका कारण थप सिक्का छपाइ भएको छैन । २०७६-७७ मै छापेका सिक्का गत वर्ष र यो वर्ष बिक्री गरिएको हो ।
‘सुन र चाँदीका केही थान सिक्का अझै स्टकमा छन्,’ टक्सार विभाग प्रमुख आचार्यले भने, ‘तिहारपछि भने नियमित रूपमा नयाँ सिक्का छाप्ने तयारी छ ।’तीमध्ये १५ हजार थान गत दुई आर्थिक वर्षमा विक्री भइसक्यो । बाँकी रकम यो वर्षको तिहारमा बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १९ कार्तिक २०७८, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ निक्षेप संकलन
अधिक तरलता व्यवस्थापनमा राष्ट्र बैंक सक्रिय, १० खर्बभन्दा बढी रकम केन्द्रीय बैंकमै
अध्यादेशले छोएन राष्ट्र बैंकका गभर्नरलाई
४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकले एकैदिन एक खर्ब २० अर्ब निक्षेप तान्दै