काठमाडौं । नेकपा एकीकृत समाजवादीले विदेश विभाग प्रमुखको जिम्मेवारी नेता झलनाथ खनाललाई दिएको छ ।बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले विभिन्न चार विभागका प्रमुख, उपप्रमुख र सदस्यहरु तोकेको छ । जस अनुसार विदेश विभाग उपप्रमुखमा प्रमेश हमाल, सदस्यहरुमा डा. विजय पौडेल, मञ्जु यादव, मिलन तुलाधर वाईपी संग्रौला र शंकर खतिवडा रहेका छन् ।
एकीकृत समाजवादीले संगठन विभाग प्रमुखमा महासचिव बेदुराम भुसाललाई जिम्मेवारी दिएको छ । उपप्रमुखमा प्रकाश ज्वाला, सदस्यहरुमा अशोक कोइराला, कृष्ण खनाल, बलदेव चौधरी, मेटमणि चौधरी, लक्ष्मण पौडेल, सावित्रा भुसाल, श्रीनाथ बराल, शेरबहादुर कुँवर र हंशबहादुर शाही रहेका छन् ।
शिक्षा र विपद व्यवस्थापन विभागको प्रमुखमा डा. गंगालाल तुलाधर र सहकारी विभाग प्रमुखमा गोविन्द कोइरालालाई जिम्मेवारी दिइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ कार्तिक २०७८, १७ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीन महिनाको उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी रविलक्ष्मी
प्रचण्डलाई भेट्न किन हात्तीवन पुगे झलनाथ खनाल ?
नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाललाई तेस्रो वरियता
पार्टी एकता सभामा सामेल भए झलनाथ खनाल
झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै
एमालेमा फर्कन आपत्ति छैन: झलनाथ खनाल