धादिङ । दक्षिणी धादिङको धुनीबेँसी नगरपालिका–१ मा गए राति मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा धुनीबेँसी नगरपालिका–१ का ५२ वर्षीया साइली तामाङ र ५५ वर्षीया रुमाल तामाङ छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीका अनुसार दुर्घटनामा गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा काठमाडौँको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा अन्य सात जना घाइते छन् । घाइतेमध्ये दुई जनाको काठमाडौँस्थित ट्रमा सेन्टरमा र पाँच जनाको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । कोल्पुबाट ककरेतर्फ जाँदै गरेको बा४ख ५८४८ नंको मिनी ट्रक अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १७ कार्तिक २०७८, १० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनसरीमा बस र विङ्गर ठोक्किँदा ३ को मृत्यु, १६ जना घाइते
धनकुटामा पिकअप गाडी दुर्घटना, १७ जना घाइते
हेटौँडातर्फ जाँदै गरेको स्कारपियो दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते
सर्लाहीको बाँके जंगलमा बस दुर्घटना, १९ जना घाइते
ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
आप्रवासी चढेको डुङ्गा दुर्घटना : ६८ जनाको मृत्यु, ७४ बेपत्ता