काठमाडौं । सडकको भारवहन क्षमताभन्दा दोब्बर बढी भार बोकेका गाडी निर्बाध रूपमा गुड्दा रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक (कोशी राजमार्ग) निर्माण सम्पन्न नहुँदै भासिएको छ । ‘अस्फाल्ट’ प्रविधिको कालेपत्र गरिएको यो सडकको भारवहन क्षमता १० टन हो । तर २० टनसम्म बोकेका ढुवानीका साधन गुड्दा रानीदेखि नेमुवासम्मको तीन लेन सडक खण्डको पश्चिम क्षेत्र भासिएको छ ।
सीमावर्ती रानीदखि धरानको तीनकुनेसम्मको ४९ किलोमिटर सडक ६ लेनमा परिणत गर्न सरकारले १० अर्ब ९८ करोडको लागतमा २०६९÷७० देखि काम शुरू गरेको थियो । अहिले रानीदेखि सुनसरीको तरहरासम्मको ३४ किलोमिटरमध्ये ३२ किलोमिटर क्षेत्रमा कालोपत्रको काम सकिएको छ । त्यसमध्ये दुहवीको २ किलोमिटर क्षेत्रमा काम शुरू नै हुन सकेको छैन । यो खण्डमा विभिन्न १७ ओटा निर्माण कम्पनीले काम गरेका छन् । आर्थिक अभियानमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १७ कार्तिक २०७८, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रिडी–तम्घास सडक पहिराेले अवरुद्ध
मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालन
अविरल वर्षाले रसुवागढी सडक अवरुद्ध
बाढी पहिरोका कारण चार स्थानमा सडक पूर्णरुपमा अवरुद्ध
पोखरा–मुग्लिन सडकः पश्चिम खण्डको भौतिक प्रगति ५५ प्रतिशत
नारायणघाट–बुटवल सडक विस्तार : म्याद थप्ने तयारी