कोरोना अपडेट : आज थप ४ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, १६ कार्तिक २०७८, १६ : ०३
कोरोना अपडेट : आज थप ४ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ११५ र एन्टिजेन विधिबाट ३ हजार १७२ जनामा परिक्षण गर्दा ४६९ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख १३ हजार ४३३ र एन्टिजेनबाट ९४ हजार ६७४ जना पुगेको छ ।  

यस्तै, आज थप ५५५ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९२ हजार ८३२ जना पुगेको छ । निको हुने दर ९७.५ प्रतिशत रहेको छ ।   

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ४२७ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार १७४ रहेको छ ।