काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय, प्रदेश र संसदीय निर्वाचन कसरी गर्ने भन्ने सम्बन्धमा छलफल भइरहेको बताएका छन् । सोमबार पार्टी निकटका निजामती कर्मचारीहरुको कार्यक्रममा उनले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन एकै पटक निर्वाचन गर्ने वा पहिले प्रतिनिधिसभाको निर्वाचन गरेर मात्र स्थानीय तहको निर्वाचन गर्नेबारे छलफल भइरहेको बताएका हुन् ।
निर्वाचन प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा राजनीतिक तहमा चलिरहेको छ तर निर्वाचन आयोगसँग छलफल गर्न बाँकी नै रहेको अध्यक्ष प्रचण्डले बताए । ‘राज्यलाई कम भार पार्ने, जनतालाई कम दुख हुने गरी तीनै तहको निर्वाचन एकैचोटी गर्ने, प्रदेश अनुसार चरण चरणमा गर्ने तर काउन्टिङ एकै पटक गर्ने गर्यो भने धेरै चलखेल षड्यन्त्र पनि हुन नपाउने आर्थिक बोझ पनि कम हुने राजनीतिक दललाई पनि सजिलो हुने हो कि भन्ने एउटा विचार आएको छ’ अध्यक्ष प्रचण्डले भने ।
त्यस्तै तीनवटै निर्वाचन एकैपटक गर्दा प्राविधिक रुपमा अप्ठ्यारो हुने हुनाले पहिले संघको निर्वाचन गर्ने र त्यसपछि स्थानीय तहको निर्वाचन गर्ने विषयमा पनि छलफल भइरहेको प्रचण्डले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ कार्तिक २०७८, १८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नीति तथा कार्यक्रम कर्मकाण्डी भयो, मधेश र दलित हराए : संयोजक प्रचण्ड
संसद् समावेशी प्रतिनिधित्वका लागि संघर्षको परिणाम भएको ‘प्रचण्ड’को दाबी
‘समावेशी र समानुपातिक प्रतिनिधित्व राजनीतिक परिवर्तनको महत्वपूर्ण उपलब्धि’ : ‘प्रचण्ड’
'प्रचण्ड’सहित आज संसदमा शीर्ष नेताहरूले सम्बोधन गर्ने
मुलुकको राष्ट्रिय स्वाधिनता सबै भन्दा अफ्ठ्यारो अवस्थामा पुगेको छः प्रचण्ड
"राजनीतिक परिवर्तनका उद्देश्यहरू पूर्ण रूपमा हासिल हुन बाँकी छ: प्रचण्ड