हेटौंडा । अर्थमन्त्री जनार्दन शर्माले सरकारी स्वामित्वमा रहेको बन्द भएका उद्योग सञ्चालन गर्ने बताएका छन् ।
वाइसिएल हेटौंडा नगर कमिटीको प्रथम भेलालाई सम्बोधन गर्दै मन्त्री शर्माले बर्षौदेखि बन्द रहेका हेटौंडा कपडा उद्योग, जनकपुर चुरोट कारखाना, गोरखाको टायर कारखाना, बिराटनगरको जुट मिल, लुम्बिनी कागज कारखाना लगायत उद्योगहरु सञ्चालन गरेर नेपाललाई उत्पादनमुखी देश बनाउने बताए ।
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत रहेका अर्थमन्त्री शर्माले युवा, महिला र विद्यार्थीहरुलाई उत्पादनसंग जोडाउने योजनाअनुरुप सरकारले कार्यअगाडी बढाएको समेत जानकारी दिए । उनले पढाई सकिएपछि कामको खोजीमा भौतारिन पर्ने स्थितीको अन्त्य गर्न विद्यार्थीका लागि ‘पढ्दै कमाउदै’ भन्ने नाराका साथ योजना ल्याएको बताए ।
मन्त्री शर्माले महिलाहरु अगाडी नबढेसम्म समाजको विकास हुन नसक्ने एवं समानुपातिक समावेशी नहुने भन्दै ‘महिला पहिला’ भन्ने नाराका साथ महिलालाई राजनितीक, आर्थिक, सामाजिक क्षेत्रमा अगाडी बढाउन आवश्यक तालिम, प्रशिक्षण तथा सहयोग गर्नेगरी कार्यक्रम ल्याएको समेत जानकारी दिए । यसैगरी, अति विपन्न ५ लाख गरिब जनतालाई तिहारलगतै १०-१० हजार रुपैयाँ सरकारले वितरण गर्ने मन्त्री शर्माले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ कार्तिक २०७८, ०९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर नउठाउने, खर्च मात्रै गरिराख्ने हो भने हामी गम्भीर राष्ट्र बन्दैनौँ: अर्थमन्त्री वाग्ले
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री
अर्थमन्त्री वाग्लेले किन यस्तो भने : ‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र म माथि आक्रमण भयो'
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफलमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने
अर्थमन्त्री वाग्लेले पत्रकारहरूसँग अन्तरक्रिया गर्ने
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ