हेटौंडा । अर्थमन्त्री जनार्दन शर्माले सरकारी स्वामित्वमा रहेको बन्द भएका उद्योग सञ्चालन गर्ने बताएका छन् ।
वाइसिएल हेटौंडा नगर कमिटीको प्रथम भेलालाई सम्बोधन गर्दै मन्त्री शर्माले बर्षौदेखि बन्द रहेका हेटौंडा कपडा उद्योग, जनकपुर चुरोट कारखाना, गोरखाको टायर कारखाना, बिराटनगरको जुट मिल, लुम्बिनी कागज कारखाना लगायत उद्योगहरु सञ्चालन गरेर नेपाललाई उत्पादनमुखी देश बनाउने बताए ।
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत रहेका अर्थमन्त्री शर्माले युवा, महिला र विद्यार्थीहरुलाई उत्पादनसंग जोडाउने योजनाअनुरुप सरकारले कार्यअगाडी बढाएको समेत जानकारी दिए । उनले पढाई सकिएपछि कामको खोजीमा भौतारिन पर्ने स्थितीको अन्त्य गर्न विद्यार्थीका लागि ‘पढ्दै कमाउदै’ भन्ने नाराका साथ योजना ल्याएको बताए ।
मन्त्री शर्माले महिलाहरु अगाडी नबढेसम्म समाजको विकास हुन नसक्ने एवं समानुपातिक समावेशी नहुने भन्दै ‘महिला पहिला’ भन्ने नाराका साथ महिलालाई राजनितीक, आर्थिक, सामाजिक क्षेत्रमा अगाडी बढाउन आवश्यक तालिम, प्रशिक्षण तथा सहयोग गर्नेगरी कार्यक्रम ल्याएको समेत जानकारी दिए । यसैगरी, अति विपन्न ५ लाख गरिब जनतालाई तिहारलगतै १०-१० हजार रुपैयाँ सरकारले वितरण गर्ने मन्त्री शर्माले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ कार्तिक २०७८, ०९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति सिर्जना जसले गरे पनि त्यो राज्यकै हो : अर्थमन्त्री खनाल
नीतिगत स्थिरता र सुरक्षाको प्रत्याभूतिको मागसहित चेम्बरले अर्थमन्त्रीलाई बुझायो ३३ बुँदे सुझाव
स्थानीय तहका संघ-महासंघद्वारा अर्थमन्त्रीलाई ११ बुँदे ध्यानाकर्षण
अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता
नेपालको भ्रमण गर्न विश्व समुदायलाई अर्थमन्त्री खनालको आग्रह
अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट