काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २४ घण्टा नबित्दै खारेज भएको छ । राष्ट्र बैंकले शुक्रबार मात्रै एकीकृत निर्देशन जारी गर्दै केराउ, मरिच र सुपारी आयातमा लाग्दै आएको परिमाणात्मक बन्देज तथा प्रतिबन्ध हटाएको थियो ।
सो निर्णय भएको २४ घण्टा नबित्दै राष्ट्र बैंकले पुनः यस्तो निर्णय गरेपछि केराउ, मरिच र सुपारी आयातमा लाग्दै आएको परिमाणात्मक बन्देज (प्रतिबन्ध) कायमै रहेको छ । राजनीतिक दल र यस्ता वस्तुको आयात–निर्यातमा संलग्न व्यवसायीहरूको दबाबमा राष्ट्र बैंकले आफ्नो निणर्य फिर्ता लिएको हो ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशन रामु पौडेलले शनिबार अर्को एक सूचना जारी गर्दै शुक्रबार जारी भएको निर्देशन खारेज भएको जानकारी दिएका हुन् ।
राष्ट्र बैंकले गरेको यस्तो निर्णयका अनुसार ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको सवारी साधनको पैठारीमा लगाइएको बन्देजसमेत हटेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै त्यस्तो बन्देज तत्काललाई हटाएको थियो । राष्ट्र बैंकले केराउको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई चालू आवका लागि कुल ८० हजार मेट्रिक टन परिमाण ननाघ्ने गरी व्यवस्था गरिएको थियो ।
यसैगरी, सुपारीको पैठारीमा लगाएको पूर्ण प्रतिबन्धलाई हटाई चालू आर्थिक वर्षका लागि २५ हजार मेट्रिक टन पैठारी गर्न सकिने भनेको थियो । त्यसैगरी, छोकडाको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई चालू आवका लागि ५० हजार मेट्रिक टन आयात गर्न सकिने एकीकृत निर्देशनमा उल्लेख थियो । सोहीअनुसार विदेशी मुद्राको सटही सुविधा दिइने राष्ट्र बैंकले जनाएको थियो । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १५ कार्तिक २०७८, ०८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्र बैंकले मुद्दती निक्षेपमा ५८ करोड लगानी गर्दै
आज पनि बजारबाट २० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
राष्ट्र बैंकद्वारा १९ बुँदे निर्देशन जारी
४० अर्बको निक्षेप संकलन उपकरण जारी गर्दै राष्ट्र बैंक
अर्थ सचिव उपाध्यायले लिए राष्ट्र बैंक सञ्चालकको शपथ
मुद्दती निक्षेपमा २५ करोड लगानी गर्दै राष्ट्र बैंक