पेटोलियम पदार्थको मूल्यवृद्धिको बिरोधमा अखिल क्रान्तिकारीले गर्यो बिरोध प्रदर्शन

सफल खबर संवाददाता

आइतबार, १४ कार्तिक २०७८, १७ : ४१
पेटोलियम पदार्थको मूल्यवृद्धिको बिरोधमा अखिल क्रान्तिकारीले गर्यो बिरोध प्रदर्शन

काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरुद्ध मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) सडक संघर्षमा उत्रिएको छ । अध्यक्ष हरिकृष्ण गजुरेलको नेतृत्वमा आज राजधानीमा क्रान्तिकारीले बिरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले सरकार र आयल निगमबिरुद्ध चर्को नाराबाजी गरेका छन् । उनीहरुले ‘अखिल क्रान्तिकारी जिन्दावाद ’, ‘जनता मारा सरकार मूर्दावाद ’ ,‘महँगो मूल्यवृद्धि खारेज गर ’,‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर ’,‘दलाल र माफियाहरू मूर्दावाद’,जस्ता नारा लगाएका थिए ।

यता, सत्ता गठबन्धन निकट चारसहित ६ विद्यार्थी संगठनले पनि इन्धनमा भएको पटक–पटकको मूल्यवृद्धिबिरुद्ध आन्दोलनको चेतावनी दिएका छन् । संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि गर्दा जनताको जनजीविकामा कठिनाई उत्पन्न भएको भन्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन विज्ञप्ति मार्फत् आग्रह गरेका हुन् ।
 

प्रतिक्रिया दिनुहोस