काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से आइतबार ५५ दशमलव ५० अंकले बढेर दुई हजार आठ सय ३७ दशमलब ६१ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।
कारोबार रकम पनि बढेको छ । नेप्सेमा सात अर्ब ८२ करोड ३२ लाख बराबरको कारोबार भएको छ । कारोबारको आधारमा आइतबार सबैभन्दा बढी कारोबार आँखु खोला जलविद्युत कम्पनीको भएको छ । यस बैंकको आइतबार ३१ भन्दा बढीको कारोबार भएको छ ।
नेप्सेका अनुसार आइतबार कारोबार भएका कम्पनीमध्ये १२ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । कारोबारमा आएकामध्ये बैंकिङ समूहको सूचकबाहेक सबै समूहको सूचकमा एकदेखि छ प्रतिशतभन्दा धेरैको सुधार आएको छ ।
बैंकिङ समूहको सूचकमा शून्य दशमलव १६ प्रतिशतले गिरावट आएको छ । आइतबार सबैभन्दा धेरै कमाउनेमा युनाइटेड इन्स्योरेन्सका लगानीकर्ता छन् । कम्पनीको सेयर मूल्य प्रतिशतले बढेको छ । त्यस्तै, आइतबार धेरै गुमाउनेमा एभरेष्ट बैंक लिमिटेडका लगानीकर्ता छन् । कम्पनीको सेयर मूल्यमा ६ दशमलव ५० प्रतिशतले गिरावट आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ कार्तिक २०७८, १५ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लगातार चौथो दिन घट्यो सेयर बजार
शेयर बजारमा दोहोरो अङ्कको गिरावट, ९ अर्ब ६३ करोड कारोबार
दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार १० अर्ब २० करोड
दोहोरो अंकले घट्यो नेप्से परिसूचक
सामान्य बढ्यो सेयर बजार, कारोबार ९ अर्ब नजिक
१० अंकले घट्यो सेयर बजार