काठमाडौं । मुलुकका पहाडी भूभागमा शनिबारको मौसममा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले बिहान देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ । पहाडी भूभागका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने पूर्वानुमान मौसमविद्ले गरेका छन् । शनिबार बिहान जारी गरेको विज्ञप्ति अनुसार राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
महाशाखाका अनुसार यस्तै प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ कार्तिक २०७८, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना
आजको मौसम : तराईका धेरै स्थानमा हुस्सु र कुहिरो
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : तराईका अधिकांश स्थानमा कुहिरो
आजको मौसम : तराईका धेरै स्थानहरूमा हुस्सु
तराईमा हुस्सु–कुहिरो र शीतलहरको चेतावनी, सतर्कता अपनाउन आग्रह