फेसबुकको नयाँ नाम ‘मेटा’

सफल खबर संवाददाता

शुक्रबार, १२ कार्तिक २०७८, ०७ : ४०
फेसबुकको नयाँ नाम ‘मेटा’

एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले कर्पोरेट नाम परिवर्तन गर्ने घोषणा गरेको छ । अब फेसबुकको नयाँ नाम मेटा हुने भएको छ । कम्पनीका सीईओ मार्क जुकरबर्गले बिहीबार अबेर यसबारे जानकारी दिएका हुन् । 

कम्पनीको ‘कनेक्ट इभेन्ट’ मा जुकरबर्गले भने, ‘हामीले यस्तो कम्पनी तयार गरेका छौँ जुन प्रविधि आममानिससम्म पुगोस् ।’ यसमा हामी यसमा काम गरिरहेका छौँ ।’ केही दिन पहिले नै फेसबुकले आफ्नो नाम बदल्ने बारेमा खबर बाहिर आएको थियो ।

प्रतिक्रिया दिनुहोस