एमाले महाधिवेसनमा एक हजार ५३६ प्रतिनिधि सहभागी हुने

सफल खबर संवाददाता

विहीबार, ११ कार्तिक २०७८, १९ : ४६
एमाले महाधिवेसनमा एक हजार ५३६ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा एमालेको आसन्न १० औं महाधिवेशनमा १,५३६ प्रतिनिधि सहभागी हुने भएका छन्। 

प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार हाल एमालेको पार्टी सदस्य संख्या ७ लाख २१ हजार छ । उनीहरुमध्येबाट १,५३६ प्रतिनिधि १० औं महाधिवेशनमा सहभागी हुनेछन् । बिहीबार बसेको स्थायी कमिटीको बैठकले महाधिवेशन प्रतिनिधिको संख्या टुंगो लगाएको हो ।

प्रतिक्रिया दिनुहोस