चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको सत्तारुढ गठबन्धनमा नेकपा विप्लव समूहलाई पनि ल्याउने बताएका छन् । उनले अहिलेको गठबन्धनमा अन्यलाई पनि ल्याउन पहल भइरहेको बताए।
माडीमा कार्यकर्ता प्रशिक्षणमा अध्यक्ष प्रचण्डले भने, ‘अहिले एमालेविरुद्धको गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एस, राष्ट्रिष जनमोर्चा सम्मिलित ५ दलीय गठबन्धन छ । विप्लव र वैद्यसँग पनि गठबन्धनमा ल्याउन पहल भइरहेको छ ।’ उनले इमानदार कम्युनिष्टबीच एकताको झण्डा फहराउने दावी गरे । 
अध्यक्ष प्रचण्डले भने, ‘आगामी निर्वाचनमा निरंकुश प्रवृत्ति हावी हुने ठाउँमा परास्त गर्ने गरी अगाडि बढ्नेछौं ।’ उनले आगामी चुनावमा माओवादी, समाजवादी, जसपा र मोहनविक्रम सिंहबीच गठबन्धन गरेरै जाने आधार र प्रतिबद्धता बनिसकेको बताए ।एमाले हावी भएको क्षेत्रमा कांग्रेससँग सिट तालमेल गर्ने केन्द्रीय तहमा समझदारी बनिसकेको पनि प्रचण्डले खुलासा गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ कार्तिक २०७८, १७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशमा जस्तै अरू प्रदेशमा पनि एमालेबाहेकको सत्ता समीकरण देखिन्छ: प्रचण्ड
चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड
विभेद अन्त्यका लागि सबै पक्षसँग हातेमालो जरुरी: प्रचण्ड
'चुनाव हामी जित्छौं तर राष्ट्र बचाउन जनताको राष्ट्रिय एकता अनिवार्य छ' : प्रचण्ड
कमजोरी सच्याउँदै जनताको चाहना अनुसार पार्टीलाई अघि बढाउछौं : प्रचण्ड
प्रचण्ड नेतृत्वको नेकपामा थप चार पार्टी समाहित हुँदै : आज एकता घोषणा