मापसे गरेर चलाएको बसले ठक्कर दिँदा ६ जना घाईते, आधा दर्जन सवारीसधानमा क्षति

सफल खबर संवाददाता

विहीबार, ११ कार्तिक २०७८, ०९ : २७
मापसे गरेर चलाएको बसले ठक्कर दिँदा ६ जना घाईते, आधा दर्जन सवारीसधानमा क्षति

झापा । मादक पदार्थ सेवन गरेर चलाएको अनियन्त्रित बसले सडकमा गुडिरहेका ६ वटा सवारीसधानलाई ठक्कर दिँदा ६ जना घाइते भएका छन्। झापाको बिर्तामोड–चारआली सडकमा बुधबार साँझ उक्त अनियन्त्रित बसले सडक़मा गुडिरहेका ६ वटा सवारीसाधनलाई ठक्कर दिएको हो।

पश्चिमबाट पूर्वतर्फ आइरहेको मे१ख २५७१ नम्बरको सगरमाथा यातायातले ६ वटा सवारीसाधनलाई ठक्कर दिएको थियो । मापसे गरेका चालकले सवारीसाधनलाई ठक्कर दिँदै भाग्ने क्रममा उक्त बसको ठक्करबाट ६ जना घाइते छन् । 

घाइते सबैको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बसका चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस