उत्तर कोरिया र अमेरिकाबीच युद्धको सम्भावना बढेपछि संयक्त राष्ट्र संघको आकस्मिक भ्रभण

एजेन्सी

बुधबार, २० मंसिर २०७४, १० : ५४
उत्तर कोरिया र अमेरिकाबीच युद्धको सम्भावना बढेपछि संयक्त राष्ट्र संघको आकस्मिक भ्रभण

चितवन । उत्तर कोरिया र अमेरिकाबीचको तनाव गम्भीर हुँदै गएपछि संयुक्त राष्ट्र संघका उच्च अधिकारी मंगलबार उत्तर कोरिया भ्रमणका लागि गएका छन् । उत्तर कोरियाले गत हप्ता नयाँ ब्यालेस्टिक मिसाइलको परीक्षण गर्दै अमेरिकासम्म पुर्‍याउन सक्ने दाबी गरेपछि राजनीतिक छलफलका लागि भन्दै जेरेफ फेटमन यस भ्रमणमा जाने भएका हुन् ।  बिहान बेइजिङको अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

अमेरिका र दक्षिण कोरियाले अहिलेसम्मकै विशाल पाँच दिने हवाई सैन्य अभ्यास सुरु गरेपछि भोलिपल्टै उनी प्योङयोङ भ्रमणका लागि जाने निर्णय भएको बताइएको छ । पाँच दिने यस संयुक्त सैन्य अभ्यास अन्र्तगत अमेरिकाबाट २३० वटा लडाकू विमान सिओल ल्याइएको थियो । यसैबीच यी देशहरुमा युद्धको वातावरण नजिकिँदै गएपछि संयुक्त राष्ट्रले यस आकष्मिक भ्रमणको योजना बनाएको बताइएको छ ।

उता बिहानै विमानस्थल पुगेका फेटमनले उत्तर कोरियाको भ्रमणअघि चिनियाँ उपविदेश मन्त्रीसँग पनि भेटवार्ता गरिसकेका छन् । चीन, उत्तर कोरियासँग सबैभन्दा राम्रो कूटनीतिक सम्बन्ध भएको देश हो । त्यसकारण पनि अमेरिकाले उत्तर कोरियामा तेल लगायत अन्य उपभोग्य वस्तुको निर्यातमा प्रतिबन्ध लगाउन बारम्बार आग्रह गरिरहेको छ । अहिले उत्तर कोरियाले हालसम्मकै शक्तिशाली मिसाइल परीक्षण गरेपछि अमेरिकाले यसका लागि चीनलाई नै दोषी ठहर्याइरहेको छ ।

यससँगै संयुक्त राष्ट्रका प्रवक्ता स्टेफेन डुज्यारिकले, फेटमनले उत्तर कोरियाली अधिकारीसँग यस्तै महत्वपूर्ण र चिन्ताजनक मुद्दाहरुका बारेमा छलफल गर्ने बताए । फेटमनले उत्तर कोरियाली नेता किमसँग व्यक्तिगत रुपमा भेट्नेबारे चाहिँ त्यहाँ पुगेपछि मात्र थाहा हुने बताएका छन् ।

संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले यसअघि उत्तर कोरियाको मिसाइल परीक्षणमा रोक लगाउने उद्देश्यले विभिन्न प्रतिबन्ध लागू गरेको थियो । तर यस निर्णयले अवस्थामा सुधार ल्याउनुको सट्टा अमेरिका र उत्तर कोरियाका बीचको तनाव अझ वृद्धि गरिरहेको छ भने  जापान र दक्षिण कोरिया पनि जोखिममा छन् ।

यसरी दिन प्रति दिन युद्धको सम्भावना बढ्दै गइरहेको हुँदा संयुक्त राष्ट्र संघले छिटो भन्दा छिटो यसलाई सहज बनाउन उचित कदम उठाउन आवश्यक रहेको विश्वविद्हरु बताउँछन् ।

लामो समयदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेता किमले एकअर्कालाई अपशब्द बोल्दै आइरहेका छन् । तर अहिले भने उनीहरुको चर्काचर्कीले गम्भीर रुप लिइसकेको विश्वविद्हरुको भनाइ छ । यसकारण विश्वमा शान्ति कायम गराइराख्न संयुक्त राष्ट्र संघले उत्तर कोरियासँगको वार्तालाई सफल बनाउनैपर्ने बताइएको छ ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस