काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ६४ पैसा र बिक्री दर १२० रुपैयाँ २४ पैसा कायम गरेको छ ।
यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९० रुपैयाँ २८ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ८० पैसा छ भने बिक्री दर ९७ रुपैयाँ २९ पैसा छ ।
यसैगरी, युरोपियन यूरो एकको खरिद दर १३९ रुपैयाँ र बिक्री दर १३९ रुपैयाँ ६९ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिददर १६५ रुपैयाँ ३२ पैसा र बिक्री दर १६६ रुपैयाँ १५ पैसा छ । यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ०२ पैसा र बिक्री दर १३० रुपैयाँ ६७ पैसा राष्ट्र बैंकले जनाएको छ ।
बुधबार चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७५ पैसा र बिक्री दर १८ रुपैयाँ ८४ पैसा छ भने जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ५० पैसा र बिक्री दर १० रुपैयाँ ५५५ पैसा राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, कतारी रियाल एकको खरिर दर ३२ रुपैयाँ ८६ पैसा र बिक्री दर ३३ रुपैयाँ ०२ पैसा छ भने साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ९० पैसा र बिक्री दर ३२ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८५ पैसा छ भने बिक्री दर २९ रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० कार्तिक २०७८, ११ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो १० रुपैयाँ दरका नयाँ नोट
डा. कार्कीको संयोजकमा बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन
बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक
सरकारको खातामा ३ खर्ब ६० अर्ब नगद मौज्दात
शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब बचतमा, विदेशी मुद्रा सञ्चितिले १४.६ महिनाको आयात धान्ने
बैँकिङ प्रणालीबाट एकै दिन ८० अर्ब तान्दै राष्ट्र बैँक