जलेश्वर । महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डमा गए राति स्कुटरले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीको मरिनखोला नगरपालिका–१ का ३८ वर्षीय हरिबहादुर भुजेल रहेका छन् ।
जनकपुरबाट जलेश्वरतर्फ आउँदै गरेको ज१२प ४९७७ नंको स्कुटरले पिपरा गाउँपालिका–७ मा बाटोमा भुजेललाई ठक्कर दिएको हो । ठक्करबँट गम्भीर घाइते भएका भुजेलको उपचारका क्रममा जनकपुरस्थित रामजानकी अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।
भुजेलको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ । स्कुटरमा सवार नाम नखुलेका दुई जना समेत घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० कार्तिक २०७८, ०९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जर्मनीमा कारले भीडलाई ठक्कर दिँदा दुईको मृत्यु, २२ घाइते
चितवनमा मोटरसाइकलको ठक्करबाट छोरीको मृत्यु, बुबा घाइते
कैलालीमा जिपको ठक्करबाट एकजनाको मृत्यु, तीन घाइते
बसले अटोरिक्सालाई ठक्कर दिँदा पतिपत्नीसहित ४ जनाको मृत्यु
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते