जलेश्वर । महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डमा गए राति स्कुटरले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीको मरिनखोला नगरपालिका–१ का ३८ वर्षीय हरिबहादुर भुजेल रहेका छन् ।
जनकपुरबाट जलेश्वरतर्फ आउँदै गरेको ज१२प ४९७७ नंको स्कुटरले पिपरा गाउँपालिका–७ मा बाटोमा भुजेललाई ठक्कर दिएको हो । ठक्करबँट गम्भीर घाइते भएका भुजेलको उपचारका क्रममा जनकपुरस्थित रामजानकी अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।
भुजेलको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ । स्कुटरमा सवार नाम नखुलेका दुई जना समेत घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० कार्तिक २०७८, ०९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते
बसले मोटरसाइकल र भ्यानलाई ठक्कर दिँदा एक युवतीको मृत्यु, ३ जना घाइते
चितवनमा बस अनियन्त्रित भएर रुखमा ठोक्कियो, १२ जना घाइते
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कोहलपुरमा जिपको ठक्करबाट एक वृद्धको मृत्यु
कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु