प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्ने नेपाल बारको निर्णय

राजीनामा नदिए आन्दोलन गर्ने घोषणा

सफल खबर संवाददाता

मंगलबार, ०९ कार्तिक २०७८, २० : ५६
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्ने नेपाल बारको निर्णय

काठमाडौं । नेपाल बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्ने निर्णय गरेको छ । मंगलबार बारको सल्लाहकार समितिका सदस्यहरुको बैठकले जबराको राजीनामा माग गर्ने निर्णय गरेको हो ।

१० घण्टा लामो बैठकपछि बारले राणालाई राजीनामा दिन आह्वान गरेको छ । नेपाल बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिए आन्दोलन गर्ने घोषणा गरेको छ । बारले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै जबरालाई प्रधानन्यायाधीश पदबाट राजीनामा दिन आग्रह गर्दै उनले राजीनामा दएिको खण्डमा नेपालभरका बार एकाइमार्फत आन्दोलनका कार्यक्रम घोषणा गर्ने स्पष्ट गरेको हो ।

प्रतिक्रिया दिनुहोस