१५ न्यायाधीशको छलफल : प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने अडान कायमै

सफल खबर संवाददाता

मंगलबार, ०९ कार्तिक २०७८, १४ : ३७
१५ न्यायाधीशको छलफल : प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने अडान कायमै

काठमाडौं । सर्वोच्च अदालतका १५ न्यायाधीशको छलफल सकिएको छ । सर्वोच्च अदालत परिसरमा मंगलबार दिउँसो भएको छलफलमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने अडान कायमै रहेको र बुधबार फेरि बैठक बस्ने निष्कर्ष निकालिएको एक न्यायाधीशले जानकारी दिए ।

सोमबारसम्म १४ जना न्यायाधीश रहेकोमा मंगलबार न्यायाधीश कुमार चुँडाल थप भएका हुन् । प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म सुनुवाइ नगर्ने उनीहरूबीच आन्तरिक सहमति भएको छ ।

तर, प्रधानन्यायाधीश जबराले भने आफूले राजीनामा नदिने बरु प्रश्न उठेका सबै न्यायाधीशले सामूहिक राजीनामा दिए आफू पनि तयार रहेको जनाउ दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस