काठमाडौं । पाँचथर बस दुर्घटनाका १६ घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गम्भीर घाइतेलाई सेनाको हेलिकप्टरमा आज साँझ उद्धार गरिएको हो ।
सोह्रै जनालाई थप उपचारका लागि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिनुभयो । नेपाली सेनाको एम–१७ हेलिकप्टरले १६ बिरामी र तिनका तीन कुरुवालाई फिदिमबाट धरान पु¥याएको हो ।
घाइतेलाई अन्यत्र लैजान एम्बुलेन्स अभाव भएपछि उनीहरुको हेलिकप्टरमा उद्धार गरिएको हो । फिदिम नगरपालिका–४ शिवादोभानबाट झापातर्फ जाँदै गरेको को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ सरखण्डेमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा घाइते २८ जनालाई एम्बुलेन्समार्फत थप उपचारका लागि झापाका विभिन्न अस्पताल पु¥याइएको प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिनुभयो । फिदिमस्थित समर्पित अस्पतालमा नौ तथा पाथीभरा अस्पतालमा आठ जनाको उपचार भइरहेको छ ।
उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । दुर्घटनामा चार जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०८ कार्तिक २०७८, २० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनको रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते
पोखरामा माइक्रो बस दुर्घटना
‘टिपर’ दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु
मोटरसाइकल चोरेर भाग्दा टिप्परसँग ठोक्किएर दुर्घटना
पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
बस र ट्रक ठोक्किँदा १० जना घाइते