काठमाडौं । पाँचथर बस दुर्घटनाका १६ घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गम्भीर घाइतेलाई सेनाको हेलिकप्टरमा आज साँझ उद्धार गरिएको हो ।
सोह्रै जनालाई थप उपचारका लागि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिनुभयो । नेपाली सेनाको एम–१७ हेलिकप्टरले १६ बिरामी र तिनका तीन कुरुवालाई फिदिमबाट धरान पु¥याएको हो ।
घाइतेलाई अन्यत्र लैजान एम्बुलेन्स अभाव भएपछि उनीहरुको हेलिकप्टरमा उद्धार गरिएको हो । फिदिम नगरपालिका–४ शिवादोभानबाट झापातर्फ जाँदै गरेको को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ सरखण्डेमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा घाइते २८ जनालाई एम्बुलेन्समार्फत थप उपचारका लागि झापाका विभिन्न अस्पताल पु¥याइएको प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिनुभयो । फिदिमस्थित समर्पित अस्पतालमा नौ तथा पाथीभरा अस्पतालमा आठ जनाको उपचार भइरहेको छ ।
उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । दुर्घटनामा चार जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०८ कार्तिक २०७८, २० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते