काठमाडौं । निर्वाचन आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । सोमबार (आज) सिंहदरबारमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री देउवासँग भेट गरेका हुन् ।
उक्त भेटमा आगामी स्थानीय चुनाव लगायतका विषयमा छलफल भएको बताइएको छ । आयोगका पदाधिकारीहरूले चुनावका लागि भइरहेको तयारी र आयोगका आवश्यकताहरूबारे प्रधानमन्त्री देउवालाई ब्रिफिङ गरेका थिए ।
आगामी जेठ ५ पछि स्थानीय तहका पदाधिकारीहरूको पदावधि सकिदैछ, भने विभिन्न ठाउँमा उप–चुनावहरू पनि गर्नुपर्ने स्थिति रहेको छ । त्यस्तै अर्कोतर्फ ‘अर्ली इलेक्सन’का बारेमा पनि छलफल जारी छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ कार्तिक २०७८, १४ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर एमालेको आपत्ति, संसद्को मर्यादा कमजोर पारिएको आरोप
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
नबोलेका प्रधानमन्त्रीले संसदमा बोल्लान् त आज ?
संसदप्रति प्रधानमन्त्रीको निरन्तर उपेक्षा
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारे : प्रधानमन्त्री