काठमाडौं । निर्वाचन आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । सोमबार (आज) सिंहदरबारमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री देउवासँग भेट गरेका हुन् ।
उक्त भेटमा आगामी स्थानीय चुनाव लगायतका विषयमा छलफल भएको बताइएको छ । आयोगका पदाधिकारीहरूले चुनावका लागि भइरहेको तयारी र आयोगका आवश्यकताहरूबारे प्रधानमन्त्री देउवालाई ब्रिफिङ गरेका थिए ।
आगामी जेठ ५ पछि स्थानीय तहका पदाधिकारीहरूको पदावधि सकिदैछ, भने विभिन्न ठाउँमा उप–चुनावहरू पनि गर्नुपर्ने स्थिति रहेको छ । त्यस्तै अर्कोतर्फ ‘अर्ली इलेक्सन’का बारेमा पनि छलफल जारी छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ कार्तिक २०७८, १४ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई
प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौता, जेनजीको तर्फबाट भोजविक्रम थापाले गरे हस्ताक्षर
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की
सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री र जापानका राजदूतबीच सिंहदरवारमा भेटवार्ता
समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता