फाइजरको १ लाख डोज कोरोना खोप नेपाल आइपुग्यो

सफल खबर संवाददाता

सोमबार, ०८ कार्तिक २०७८, ०९ : ३८
फाइजरको १ लाख डोज कोरोना खोप नेपाल आइपुग्यो

काठमाडौं । अमेरिकाले नेपाललाई पठाएको १ लाख डोज फाइजर खोप नेपाल आइपुगेको छ । सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फाइजरको खोप आइपुगेको हो । 

अमेरिकाबाट आउने खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी किशोर–किशोरीलाई लगाइने स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् ।  

तिहार र छठ पर्व सकिएपछि खोप कार्यक्रम सुरु हुने जनाइएको छ । यसअघि गत जुलाईमा १५ लाख ३० हजार डोज जोन्सन एन्ड जोन्सनको खोप पठाएको थियो । 

प्रतिक्रिया दिनुहोस