सामुहिक बलात्कार गर्दै भिडियो बनाउने ३ युवक पक्राउ

सफल खबर संवाददाता

सोमबार, ०८ कार्तिक २०७८, ०७ : ५७
सामुहिक बलात्कार गर्दै भिडियो बनाउने ३ युवक पक्राउ

घोराही । महिलालाई प्रलोभन र प्रभावमा पारी माया प्रेम गरेको नाटक गरेर जंगलमा लगि सामुहिक बलात्कार गरेको आरोपमा घोराहीका तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १० का २५ बर्षीय सुयोग योगी, २२ बर्षीय सुनिल पुन मगर, १९ बर्षीय दिनेश परियार रहेका छन् । प्रहरीका अनुसार अन्य दुई युवा भने फरार छन् ।

योगी श्रीमति संग डिभोर्स भएका ब्यक्ति हुन भने अन्य सबै अबिबाहित युवा रहेको प्रहरीले बताएको छ ।पाँच जना युवाले आँफूलाई जंगलमा लगि सामुहिक बलात्कार गरेको भनेर एक जना महिलाले असारमा र अर्कीले असोज ३१ गते किटानी जाहेरी दिएपछि आरोपित मध्य तीन जनालाई पक्राउ गरि आवश्यक अनुसन्धान जारी रहेको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

एक जना तुलसीपुर बिजौरीकी र अर्की घोराहीकी महिलाले प्रहरीमा पाँच जना युवाका बिरुद्ध प्रहरीमा पुगेर किटानी जाहेरी दिएको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

त्यसरी किटानी जाहेरी दिने मध्य एक जना २५ बर्षीया बिबाहित महिला र अर्की २२ बर्षीया अबिबाहित युवती रहेको एसपी काफ्लेले बताए । प्रहरीका अनुसार पाँच जना युवाहरुले मिलेर सुरुमा महिलालाई आर्थिक साहेता गर्ने, मोटरसाईकलमा लिफ्ट दिने, अन्य हरेक कुराको साथ सहयोगको प्रलोभनमा पारेर माया प्रेम गरेको नाटक गरि जंगलमा पु¥याएपछि सामुहिक बलात्कार गर्ने गरेको प्रहरीले जनाएको छ ।

त्यसपछि उनीहरुले सामुहिक बलात्कारको भिडियो बनाउने, सुनका गरगहना समेत लुटपाट गर्ने, कुरा कसैलाई भने ज्यान लिने धम्किदिने गर्दै आएका थिए ।

भिडियो देखाउँदै बल्याकमेलिङ गर्ने क्रम जारी रहेपछि आँफूहरु बाध्य भएर जाहेरी दिन आएको पीडित महिलाले प्रहरी समक्ष बताएका छन् । सामुहिक बलात्कारमा संलग्न भनिएका थप दुई जना फरारहरुको खोजी कार्य भइरहेको तथा घटनामा बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस