बारसँगको सहमतिपछि प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट, मंगलबारबाटै गोलप्रथाको नमुना प्रयोग

सफल खबर संवाददाता

आइतबार, ०७ कार्तिक २०७८, १४ : ३४
बारसँगको सहमतिपछि प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट, मंगलबारबाटै गोलप्रथाको नमुना प्रयोग

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपाल बारले उठाउँदै आएका माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार नेपाल बारका पदाधिकारीसँग भएको छलफलमा प्रधानन्यायाधीशले सो प्रतिबद्धता जनाएका हुन् । 

प्रधानन्यायाधीशले मिडियामा आएका विभिन्न शंका, उपशंका, चर्चा परिचर्चा, टिप्पणी सबै विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको र यो विषय फुलकोर्टमा राख्ने जानकारी गराएको बारका महासचिव लीलामणि पौडेलले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

बारसँगको सहमतिमै प्रधानन्यायाधीश सोमबार फुलकोर्ट बोलाउन तयार भएका छन् । ‘हामीसँगको छलफलपछि प्रधानन्यायाधीशज्यूले सोमबार दिउँसो साढे १ बनजे फुलकोर्ट बैठक बोलाउन राजी भएका छन् । फुलकोर्टमा नेपाल बार पनि सहभागी हुन्छ,’ पौडेलले भने, ‘निष्पक्ष न्यायपालिकाको अवधारणाभन्दा बाहिर गएको छैन । जान्नँ पनि । आफूविरुद्ध उठेका सबै प्रश्न र शंका उपशंकाबारे सम्बोधन गर्छु भन्नु भएको छ ।’मंगलबारदेखि नमुना गोलाप्रथाको प्रयोग सुरु हुने भएको छ । यसअघि सर्वोच्चले मुद्दाको पेसी तोक्दा गोलाप्रथाबाट तोक्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस