फाइजर खोप पाँच देखि ११ बर्षसम्मका बालबालिकालाई पनि लगाउने अमेरिकी घोषणा

एजेन्सी

शनिबार, ०६ कार्तिक २०७८, १२ : ३७
फाइजर खोप पाँच देखि ११ बर्षसम्मका बालबालिकालाई पनि लगाउने अमेरिकी घोषणा

एजेन्सी । अमेरिकाले फाइजर–बायोएनटेक कम्पनीद्वारा उत्पादित कोभिड–१९ विरुद्धको फाइजर खोप पाँच देखि ११ वर्षसम्मका बालबालिकालाई समेत लगाउने घोषणा गरेको छ ।

हालै सम्पन्न परीक्षण अनुसार उक्त उमेर समूहका बालबालिकामा यो खोप ९० दशमलव ७ प्रतिशत प्रभावकारी देखिएको पुष्टि भएपछि अमेरिकाले यो निर्णय गरेको हो ।उक्त कम्पनीले क्लिनिकल ट्रायलको रिपोर्ट सार्वजनिक गर्दै यो खोप ५ देखि ११ वर्षसम्म उमेर समूहका बालबालिकामा समेत प्रभावकारी देखिएको जानकारी गराइ सकेको छ ।

परिक्षणका क्रममा १३ जना बालबालिकामा कोभिड–१९ संक्रमण देखियो भने फाइजर भ्याक्सिन लगाएका ३ जना मात्र संक्रमित भएको पाइएपछि मान्यता पाएको हो । २ हजार २ सय ६८ जना सहभागी रहेको ट्रायलमा दुई गुणाभन्दा बढी बालबालिकाको प्रभावकारिता ९० प्रतिशतभन्दा राम्रो देखिएको कम्पनीले जनाएको थियो ।

परीक्षणबाट प्राप्त नतिजाका आधारमा कोभिड–१९ भ्याक्सिनले बालबालिकामा बलियो प्रतिरोध क्षमता विकास गरेको फाइजर–बायोएनटेक कम्पनीले दाबी गरेको छ ।फाइजर–बायोएनटेकले ११ वर्षमाथिका किशारकिशोरीका लागि यसअघि नै यो खोप ल्याइसकेको छ । नेपाल सरकारले पनि अमेरिकाबाट ११ वर्षभन्दा माथिका किशोरकिशोरीलाई लक्षित गरेर पहिलो खेपमा १ लाख डोज फाइजर खोप आगामी सोमबार देखि बितरण गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस