तेह्रथुमका ४३ मध्ये १७ वडामा आज एमाले अधिवेशन हुँदै

सफल खबर संवाददाता

शनिबार, ०६ कार्तिक २०७८, ११ : २४
तेह्रथुमका ४३ मध्ये १७ वडामा आज एमाले अधिवेशन हुँदै

तेह्रथुम । तेह्रथुम जिल्लामा ४३ मध्ये १७ वटा वडाहरुमा नेकपा एमाले तेह्रथुमको वडा अधिबेशन शनिवार हुँदैछ  ।

आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत शनिवार वडा अधिवेशन हुन लागेको हो । जिल्लाको ६ वटा स्थानीय तहमध्ये म्याङलुङ नगरपालिकामा ५, छथर गाउँपालिकामा १, फेदाप गाउँपालिकामा ४,मेन्छ्यायेम गाउँपालिकामा ५ र आठराई गाउँपालिकामा २  वटा वडाहरुमा अधिबेशन भइरहेको एमाले तेह्रथुमका प्रचार बिभाग प्रमुख छत्र रिमालले जानकारी दिए । 

रिमालका अनुसार लालिगुराँस नगरपालिकाको कुनै पनि वडामा अधिबेशन आज नहुने भएको छ । त्यस्तै, यसअघि नै मेन्छ्यायेम गाउँपालिकाको १,३ र ४ मा अधिबेशन सम्पन्न भएको छ । शनिबार वडा नं ५ र ६ मा हुने तयारी भएको छ ।  शनिवारबाट सुरु भएको अधिवेशन  आगमाी कात्तिक २४ गते सम्पन्न हुने  प्रचार बिभाग प्रमुख रिमाले बताए ।

तेह्रथुमका पालिका अधिबशेन भने कार्तिक २७ बाट सुरु हुने एमाले तेह्रथुमले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस