कोरोना अपडेट : थप ७ सय ८ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, ०५ कार्तिक २०७८, १६ : २७
कोरोना अपडेट : थप ७ सय ८ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

काठमाडौँ  । नेपालमा पछिल्लो २४ घण्टामा थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ३ सय ३७ पुगेको छ। शुक्रबार ९३२ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १० हजार ९४६ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ७ हजार २५३ पीसीआर तथा २ हजार १२३ एन्टिजेन परीक्षण भएको छ।