कालीगण्डकी किनारमा दुई पुरुषको शव फेला

रासस

विहीबार, ०४ कार्तिक २०७८, २० : २६
कालीगण्डकी किनारमा दुई पुरुषको शव फेला

सांकेतिक तस्वीर

काठमाडौं । रामपुर नगरपालिका–८ स्थित कालीगण्डकीमा आज दुई शव फेला परेका छन् । भुजात सिद्धबाबा धाम र होस्दीमा शव फेला परेका हुन् ।

भुजातमा अन्दाजी ४०÷४५ वर्ष उमेरका र होस्दीमा ५०÷५५ वर्ष उमेरका पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

उनीहरुको हालसम्म नाम, थर, बतन खुल्न सकेको छैन । नदी किनारमा बगाइ ल्याइएको जस्तो देखिने सढेगलेको अवस्थामा शव फेला परेका हुन् । शव परीक्षणका लागि रामपुर अस्पतालमा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस