एमाले महाधिवेसन व्यवस्थापन समितिमा बढी चितवनका नेता

सफल खबर संवाददाता

विहीबार, ०४ कार्तिक २०७८, १९ : १७
एमाले महाधिवेसन व्यवस्थापन समितिमा बढी चितवनका नेता

चितवन। नेकपा एमालेले मंसिर १० देखि १२ सम्म चितवनमा हुने दशौं राष्ट्रिय महाधिवेशनका लागि नेता रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ। चितवनलाई नै कार्यथलो बनाएका पूर्व माओवादी पृष्ठभूमिका नेता बादलको संयोजकत्वमा गठित मूल व्यवस्थापन समितिमा चितवनकै नेताहरु धेरै समेटिएका छन् ।

एमाले प्रवक्ता प्रदिप ज्ञवालीका अनुसार समितिमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, काशिनाथ अधिकारी, राजन भट्टराई, विनोद श्रेष्ठ,सीता पौडेल,आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल र पार्वती रावल छन् । त्यस्तै सातवटै प्रदेश र सम्पर्क समन्वय कमिटीबाट समेत एक एकजना रहनेगरि मूल व्यवस्थापन समिति गठन भएको ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस