काठमाडौँ । नेकपा माओवादी केन्द्रको एक लाख ७४ हजार बढीले पुरानो सदस्यता नवीकरण गरेका छन् । संगठन विभागका एक सदस्यले दिएको जानकारीअनुसार यो पुरानो सदस्यता नवीकरणको संख्या मात्र हो ।
माओवादी केन्द्रले अहिले भने अभिलेखीकरण गर्ने गरी सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको कामअगाडि बढाएको छ । तर, उसको पुरानो सदस्यता नवीकरण गराउनेको संख्याभन्दा नयाँ सदस्यता लिनेको संख्यामा गुणात्मक वृद्धि आएको माओवादीका नेताहरुले बताएका छन् ।
नयाँ सदस्यता लिनेको संख्या माओवादीमा ह्वात्तै बढेको संगठन विभागले जनाएको छ । खासगरि १८ देखि ३० वर्ष उमेर समूहका युवाहरूले माओवादीको नयाँ सदस्यता बढी मात्रामा लिएको माओवादीको संगठन विभागले जनाएको छ । नयाँ सदस्यता वितरण भने अहिलेसम्म कति संख्यामा भयो भन्ने यकिन तथ्यांक संगठन विभागमा केन्द्रीकृत भइसकेको छैन । तर, सरदर पूराना सदस्य नविकरण भएकै सरह नयाँ सदस्यता वितरणको काम पनि भएको माओवादीको संगठन विभागका एक सदस्यले सफल खबर लाइ बताए ।
माओवादी प्रवक्ता कृष्णहादुर महराले भने पार्टीको राष्ट्रिय सम्मेलनसम्म ६ लाख सम्म पार्टी सदस्यता वितरणको काम सक्ने वताएका छन् । माओवादीले पुसको दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने निर्णय गत केन्द्रीय समितिको बैठकबाट गरेको छ ।
माओवादी केन्द्रमा लामो समयदेखि देशभर पार्टी सदस्यता कति छन् ? उनीहरूको नवीकरणको अवस्था के छ ? भन्ने यकिन तथ्यांक थिएन । तर, अहिले उसले कम्युटर प्रणालीबाटै देशभरबाट सदस्यता नवीकरण र नयाँ सदस्यताको ‘इन्ट्री’ गर्ने काम गरिरहेको छ ।
माओवादी केन्द्रले पार्टी सदस्यता ४ लाख बढी रहेको बताउँदै आएको थियो । माओवादी र एमाले एकता हुँदा दुवै पार्टीका गरी करिब ८ लाखमाथि पार्टी सदस्यता रहेको अनुमान गरिएको थियो । एमालेको पार्टी सदस्यको भने यथार्थ तथ्यांक रहेकाले संख्या निकाल्न सकिए पनि माओवादीतर्फको तथ्यांक अभिलेखीकरण नहुँदा संख्या यकिन गर्न कठिन भएको थियो
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ कार्तिक २०७८, १४ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय दलित अभियान माओवादी केन्द्रमा समाहित
अध्यक्ष दाहालद्वारा बुद्ध जयन्तीको शुभकामना
माओवादीले किन दिइरहेछ कोशीलाई असाधारण प्राथमिकता ?
किसानलाई मल र दूधको बक्यौता तत्काल उपलब्ध गराउन माग
करिब एक करोडजनतासँग प्रत्यक्ष संवाद गरिएको दाबी
पोखरा विमानस्थलको छानबिनमा सरकारलाई साथ दिन्छौं : देव गुरुङ