बागमती प्रदेश सभा बैठक : मुख्यमन्त्री शाक्य अल्पमतमा,एमाले उपस्थित नहुने

सफल खबर संवाददाता

विहीबार, ०४ कार्तिक २०७८, ११ : १८
बागमती प्रदेश सभा बैठक : मुख्यमन्त्री शाक्य अल्पमतमा,एमाले उपस्थित नहुने

काठमाडौं । बागमती प्रदेशको प्रदेश सभा बैठक आज बिहीबार बस्दै छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक दिउँसो एक बजे बोलाइएको हो ।

सत्तारुढ नेकपा एमालेले भने बैठकमा उपस्थित नहुने बताएको छ । एमालेले ११ गतेसम्मका लागि बैठक सार्न आग्रह गर्दै सभामुखलाई पत्रसमेत पठाएको छ ।

गत भदौ २ गते मुख्यमन्त्री बनेकी शाक्य केही दिनमै प्रदेश सभामा अल्पमतमा परेकी थिईन। तत्कालीन एमाले १३ जना सांसदहरूले माधवकुमार नेपालको नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेका हुन ।

अल्पमतमा परेपछि मुख्यमन्त्री शाक्यले असोज २३ गतेको प्रदेश सभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरिसेकेकी छिन । उक्त प्रस्तावबारे आज छलफल र मत विभाजन हुने गरी बैठक बोलाइएको हो ।

प्रतिक्रिया दिनुहोस