नेप्सेले विज्ञहरुको रोष्टर तयार पार्दै, आठ क्षेत्रका विज्ञको सूची तयार पार्न सार्वजनिक सूचना

बुधबार, २० मंसिर २०७४, १० : ३५
नेप्सेले विज्ञहरुको रोष्टर तयार पार्दै, आठ क्षेत्रका विज्ञको सूची तयार पार्न सार्वजनिक सूचना

विज्ञहरुको रोष्टरका लागि नेप्सेले सूचना निकालेको छ।नेप्सेले आफ्नो सेवालार्इ परिस्कृत गरेर आधुनिक बनाउन विज्ञहरुको सूची तयार पार्न लागेको नेप्सेका महाप्रवन्धक चन्द्रसिंह साउँदले बताए।विधागत रुपमा विज्ञको सूची तयार पारेर परामर्श लिने उनले बताए।

पहिलो चरणमा नेप्सेले आठ क्षेत्रका विज्ञ हरुको सुची तयार गर्न लागेको छ। नेप्सेका अनुसार पूँजी बजार (दोस्रो बजारका) विज्ञ, कम्पनी कानुन र व्यापारिक कानुन, वित्तीय विश्लेषक, मानब संसाधन ब्यबस्थापन विज्ञ, नयाँ औजार निर्माण विज्ञ, द्धन्द्ध व्यबस्थापन विज्ञ, बस्तु तथा विनिमय बजार विज्ञ, प्रोक्र्युमेन्ट ब्यबस्थापन विज्ञलाई सूचीकरण हुन आग्रह गरेको हो।            

प्रतिक्रिया दिनुहोस