आजको मौसम : प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

सफल खबर संवाददाता

विहीबार, ०४ कार्तिक २०७८, ०७ : ४२
आजको मौसम : प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं । हाल भारतको बिहारमा  रहेका न्यून चापिय प्रणाली र पश्चिमी वायु प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसका कारण बिहीबार बिहानैदेखि देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

यस्तै दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ भने प्रदेश १, बागमती र गण्डकी  प्रदेशहरुका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

यसैगरी राति पनि देशभर आंशिकदेखि सामान्य वदली रही प्रदेश नं १ र गण्डकी  प्रदेशहरुका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक  दुई स्थानहरुमा वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस