कोरोना अपडेट : थप ६६२ जनामा संक्रमण पुष्टि, १३ जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, ०३ कार्तिक २०७८, १६ : ३२
कोरोना अपडेट : थप ६६२ जनामा संक्रमण पुष्टि, १३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार २२ र एन्टिजेन विधिबाट १ हजार ७७३ जनामा परिक्षण गर्दा ६६२ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख ७ हजार ५२ र एन्टिजेनबाट ९३ हजार ६९६ जना पुगेको छ ।  

यस्तै, आज थप ७५८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ८४ हजार १५५ जना पुगेको छ । निको हुने दर ९७.१ प्रतिशत रहेको छ ।   

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ३१८ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ८७९ रहेको छ । 

प्रतिक्रिया दिनुहोस